सरकारी मूल्यभन्दा ग्यास महङ्गोमा बिक्री, प्रशासन किन मौन ?
nepalpress.com · Sat Aug 08 11:41:18 GMT 2026

ग्यासको मूल्य सरकारले तोक्ने हो कि ग्यास बिक्रेता सङ्घले ? यदि मूल्य सरकारले तोक्ने हो भने सरकारी मूल्यभन्दा बढी रकम असुल्ने अधिकार ग्यास बिक्रेता सङ्घलाई कसले दियो ? अभावको मौका छोपेर उपभोक्ताबाट अतिरिक्त रकम असुलिँदा त्यसलाई रोक्ने जिम्मेवारी बोकेको प्रशासन किन मौन छ ?
सिरहामा अहिले ग्यास खरिद गर्न उपभोक्ता चर्को घाममा दिनभर लाइन लाग्न बाध्य छन् । यही अभावको मौका छोपेर व्यवसायीले प्रशासनलाई समेत जानकारी गराउँदै सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी रकम असुलिरहेको विषय सार्वजनिक भएपछि विवाद चर्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)