ग्यासको अभाव, एक सिलिन्डरको मूल्य ७ हजार !
nepalviews.com · Sat Aug 08 11:49:32 GMT 2026

काठमाडौं । खाना पकाउने एलपी ग्यास कालोबजारी गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा भाडामा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयना रहेका छन् ।
प्रहरीका अनुसार उनले उपभोक्तालाई प्रतिसिलिण्डर ७ हजार रुपैयाँका दरले एलपी ग्यास बिक्री गर्ने गरेको सूचना प्राप्त भएपछि उनलाई पक्राउ गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)