पाटन बारका तीन समूहबीच प्रतिस्पर्धा हुँदै
nagariknews.nagariknetwork.com · Sat Aug 08 11:57:07 GMT 2026

उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमिति निर्वाचनका लागि तीन समूहबीच प्रतिस्पर्धा हुने भएको छ। उच्च अदालतहरुमध्ये सबैभन्दा धेरै सदस्य भएको सो बारको यही साउन ३० गते तय भएको निर्वाचनमा बृहत प्रगतिशील तथा पेशागत समूह, डेमोक्रेटिक लयर्स एशोसिएशन र स्वतन्त्र कानुन व्यवसायी मञ्च गरी तीन समूहबीच प्रतिस्पर्धा हुँदैछ।
बृहत् प्रगतिशिल तथा पेशागत समूहतर्फबाट अध्यक्ष सेवन्तराज निरौला, डेमाक्रेटिक लयर्स एशोसिएशनका तर्फबाट अध्यक्षमा देवीप्रसाद रिजाल र स्वतन्त्र कानुन व्यवसायी मञ्चका तर्फबाट भेषराज पोखरेलले नेतृत्व गर्ने भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)