कतारमा ट्रम्पसँग बैठक बस्ने दाबीलाई इरानले गर्यो अस्वीकार
khabarhub.com · Tue Jun 30 01:04:57 GMT 2026

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकासँग वार्ताका लागि प्रस्ताव गरेको र कतारको दोहामा आजै बैठक बस्न लागेको दाबी गरेका छन् । गत हप्ता दुई देशबीच भएको हवाई तथा सैन्य आक्रमणको शृङ्खलापछि इरान आफैँले बैठकका लागि अनुरोध गरेको राष्ट्रपति ट्रम्पको भनाइ छ । तर, इरानको परराष्ट्र मन्त्रालयले अमेरिकी राष्ट्रपतिको उक्त दाबीलाई पूर्ण रूपमा खण्डन गरेको छ । इरानले अमेरिकासँग कुनै पनि वार्ता वा बैठकको तालिका तय नभएको स्पष्ट पारेको छ । इरानी विदेश मन्त्रालयका अनुसार कतारमा रोक्का गरिएको इरानी कोष (फन्ड) फुकुवा गर्ने प्रक्रियाको फलोअपका लागि मात्र इरानले आफ्नो एक विशेषज्ञ टोली पठाउन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)