शंकर पोखरेलले भने– ‘देखाइदिऊँ’ भन्ने प्रवृत्तिको परिणाम भोगिरहेका छौँ
baahrakhari.com · Sat Aug 08 12:13:43 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी–कमजोरी सच्याएर अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो भएको बताएका छन् । शनिबार नेकपा (एमाले) तारकेश्वर नगर कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण २०८३’ तथा पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
महासचिव पोखरेलले जुन कारणले पार्टी र आन्दोलन कमजोर भएको हो, ती समस्याहरूको पहिचान र सम्बोधन गर्नु नै अहिलेको मुख्य सांगठनिक कार्यभार भएको उल्लेख गरे । उनले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकतावद्ध बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण अनिवार्य रहेकोमा जोड दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)