सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक अब तीव्र गतिमा अघि बढ्छ : पूर्वाधार मन्त्री लम्साल
onlinekhabar.com · Sat Aug 08 12:13:56 GMT 2026

२३ साउन, अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सालझण्डी–सन्धिखर्क– ढोरपाटन सडक आयोजना अब तीव्र गतिमा अघि बढ्ने बताएका छन् । शनिबार सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा सन्धिखर्क पुगेका मन्त्री लम्सालले पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै सडक निर्माणलाई गति दिन सरकार गम्भीरतापूर्वक अघि बढेको बताएका हुन् ।
मन्त्री लम्सालले कालोपत्रे गर्न बाँकी रहेका सडकखण्डमा चालु आर्थिक वर्षभित्रै ठेक्का प्रक्रिया अघि बढाउने तयारी भइरहेको जानकारी दिँदै आवश्यक प्रक्रिया पूरा गरेर बाँकी सडक खण्डको निर्माणलाई समेत अगाडि बढाइने जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)