मेसीलाई पितृ शोक, ६८ वर्षीय पिताको निधन
nepalsamaya.com · Sat Aug 08 12:36:42 GMT 2026

काठमाडौं। अर्जेन्टिनाका चर्चित फुटबल खेलाडी लियोनल मेसीका बुबा जर्ज मेसीको ६८ वर्षको उमेरमा निधन भएको छ। बिरामी भएपछि अर्जेन्टिनाको रोसारियो सहरस्थित अस्पतालमा उपचार गराइरहेका उनको निधन भएको अर्जेन्टिनी मिडियाहरूले उल्लेख गरेका छन्।
जर्ज मेसीलाई लियोनल मेसीको फुटबल करिअरमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तिका रूपमा लिइन्छ। मैदानमा मेसीका सुरुआती दिनदेखि नै उनले छोराको साथ दिँदै आएका थिए। मेसी विश्व फुटबलका महान् खेलाडीमध्ये एक बन्ने यात्रामा अघि बढ्दा जर्ज उनको निरन्तर साथमा थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)