सरकारले नागरिकको विश्वासमाथि कुठाराघात गर्दैन : महामन्त्री आचार्य
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले आम नागरिकको विश्वासमाथि सरकार र पार्टीले कुठाराघात नगर्ने स्पष्ट पारेका छन् । मुलुक निर्माण गर्न समय लाग्ने र त्यो समयमा नागरिकको साथ र धैर्यता जरुरी रहेको उनको भनाइ छ ।
रास्वपा, रूपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको कार्यक्रममा सांसदसमेत रहेका आचार्यले चार महिनामा ३६ वर्षको बेथिति सुधार्न रास्वपासँग जादुको छडी नभएको दाबी गरे । ‘गलत गर्दा प्रश्न र राम्रो गर्दा हौसला दिनुहोस्,’ आचार्यले भने, ‘हामीले गलत गर्दा प्रश्न गर्न नहिच्किचाउनुहोला, तपाईंको प्रश्नले हामीलाई बलियो बनाउँछ ।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)