छानबिनका लागि बाराका एसपी कुँवरलाई प्रहरी प्रधान कार्यालय झिकाइयो
ratopati.com · Sat Aug 08 13:02:10 GMT 2026

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरलाई प्रहरी प्रधान कार्यालय झिकाइएको छ ।
केही आन्तरिक विषयमा सोधपुछ र छानबिन गर्नुपर्ने भएकाले उनलाई मुख्यालय तानिएको हो । प्रहरी प्रवक्ता अवि नारायण काफ्लेले उनको विषयमा केही कुरा बुझ्नुपर्ने भएकाले छानबिनका लागि उनलाई मुख्यालय बोलाइएको बताए । प्रहरी प्रधान कार्यालयले एसपी कुँवरमाथि कुन विषयमा छानबिन सुरु गरेको हो भन्नेबारे आधिकारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)