कस्तो छ आजको विदेशी मुद्राको विनिमय दर ?
corporatenepal.com · Tue Jun 30 01:07:08 GMT 2026

काठमाडौं । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। आज अमेरिकी डलर १ को खरिददर १५० रुपियाँ ९७ पैसा र बिक्रीदर १५१ रुपियाँ ५७ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५० रुपियाँ ७४ पैसा र बिक्रीदर १५१ रुपियाँ ३४ पैसा थियो ।
गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपियाँ ६२ पैसा र बिक्रीदर १५५ रुपियाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो । त्यसैगरी आज युरो १ को खरिददर १७२ रुपियाँ १६ पैसा र बिक्रीदर १७२ रुपियाँ ८४ पैसा छ। हिजो युरो १ को खरिददर १७१ रुपियाँ ६० पैसा र बिक्रीदर १७२ रुपियाँ २९ पैसा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)