‘साइलेन्ट’ रास्वपामा ‘लाउड मोड अन’
nepalviews.com · Sat Aug 08 13:27:12 GMT 2026

सरकार गठन भएको सय दिनसम्म लगभग मौनजस्तै देखिएका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू पछिल्लो समय एकाएक सरकारकै विपक्षी मोडमा देखिन थालेका छन् । संसद्मा सरकारको आलोचना गर्ने, मन्त्रीहरूका काममाथि प्रश्न उठाउने र सरकारको कार्यशैलीप्रति असन्तुष्टि सार्वजनिक गर्ने क्रम बढ्दै गएको छ । सत्तारुढ दलका सांसदहरूबाटै सरकारविरुद्ध उठ्न थालेका आवाजले रास्वपाभित्रको राजनीतिक सम्बन्ध र शक्ति सन्तुलनमा आएको परिवर्तनलाई संकेत गरेको छ ।
सरकारका सुरुवाती सय दिनमा रास्वपाका सांसदहरूको भूमिका ‘साइलेन्ट’ थियो । सेनाको प्रतिछायाँमा सुकुम्वासीलाई झरीमा घरबारविहीन बनाउँदासमेत रास्वपा सांसदहरू संसद्मा एक शब्द बोलेनन् । चैत १२ गते प्रधानमन्त्री बनेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनको अगुवाइमा मध्य वैशाखमा सुकुम्वासी वस्तीमा डोजर चल्दा सरकारको सय दिन पुगेको थिएन । रास्वपा सांसदहरू बोल्ने त कुरै छोडौँ बोल्नुपर्ने भयका कारण पत्रकारहरूलाई छलेर भाग्थे । सरकारको नेतृत्व आफ्नै दलका प्रभावशाली नेताले गरेको अवस्थामा सत्तापक्षका सांसदहरूले सरकारको बचाउ गर्नु अस्वाभाविक पनि थिएन । तर पछिल्लो समय परिस्थिति फेरिएको देखिन्छ । सत्तारुढ दलकै सांसदहरू सरकारका निर्णय र कार्यशैलीमाथि सार्वजनिक रूपमा प्रश्न उठाउन थालेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)