चालू पूँजी कर्जाको सीमा बढाउन उद्योगीको माग
barnanmedia.com · Sat Aug 08 13:25:09 GMT 2026

मोरङका उद्योगी व्यवसायीले चालु पूँजी कर्जाको सीमा बढाउन माग गरेका छन्।
नेपाल राष्ट्र बैंकले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मोरङ उद्योग व्यापार सघले उद्योग–व्यवसाय क्षेत्रको संरक्षण तथा पुनरुत्थानका लागि राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेललाई नीतिगत सुधारका लागि सुझाव बुझाएका छन्। संघका अध्यक्ष अनुपम राठीले चालु आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिले समेटेको लचिलो कार्यदिशा र निजी क्षेत्रमैत्री सुविधाको स्वागत गर्दै ती व्यवस्थाहरू तत्काल व्यवहारमा उतार्न आग्रह गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)