नेपालमा तय तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने
khabarhub.com · Sat Aug 08 13:56:37 GMT 2026

काठमाडौं– नेपालमा आयोजना गर्न लागिएको तिब्बतसँग सम्बन्धित अन्तर्राष्ट्रिय कार्यक्रम अब अनलाइन माध्यमबाट हुने भएको छ । यसअघि परराष्ट्रसचिव अमृतबहादुर राईसँगको परामर्शमा मुख्यसचिव गोविन्दबहादुर कार्कीले आयोजकमध्येको काठमाडौं विश्वविद्यालयका अधिकारीहरुलाई डाकेर नेपालमा उक्त कार्यक्रम नगर्न निर्देशन दिएको समाचार सार्वजनिक भएको थियो ।
धुलिखेल र राजधानीमा अगष्ट २३ देखि २९ सम्म आयोजना हुने भनिएको इन्टरनेशनल एशोसिएसन फर टिबेटियन स्टडिज (आईएटीएस) को सम्मेलन अब अनलाइन माध्यमबाट गरिने छ । आईएटीएसले नेपालमा तय भएको कार्यक्रम स्थगित हुनुलाई ‘अत्यन्त खेदजनक र चिन्ताजनक घटनाक्रम’ को संज्ञा दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)