इलाम सदरमुकाम ‘टापु’ बन्ने जोखिम
nagariknews.nagariknetwork.com · Tue Jun 30 01:13:36 GMT 2026

इलाम मेची क्षेत्रको ‘लाइफ लाइन’ मानिने मेची राजमार्गका केही खण्ड जोखिमपूर्ण बनेपछि इलाम बजारसहित तीन जिल्ला ‘टापु’ बन्ने खतरा बढेको छ। बर्खाको पानीले विशेषगरी मेची राजमार्गको इलाम नगरपालिका ९ स्थित राजदुवालीको करिब आधा किलोमिटर खण्ड पहिरो गएर र बगेर क्षतविक्षत छ। यहाँबाट गाडी पार हुन नसक्दा इलाम बजार, पाँचथर तथा ताप्लेजुङको यातायात सम्बन्ध टुट्छ।
गत असोज १८ र १९ को भेलबाढीले यो खण्डमा ठूलो क्षति गरेको थियो। पोहोर सालको असोज १२ मुसलधारे पानीले पनि त्यही खण्डलाई धेरै कमजोर बनाएको थियो। यो साल बर्खा लाग्नेबित्तिकैदेखि राजदुवालीसहित इलाम नगरपालिका १ का मिल गोलाई र बञ्चरे गोलाईमा समेत सडक जोखिमपूर्ण छ। इलामकै रोङ गाउँपालिका ४, कोल्बुङको भिरमा माथिबाट पहिरो आउने अनि तलतिर सडक नै पहिरोले चुँडिएर जाने जोखिम छ। यहाँको एक खण्डमा भर्खरै लगाएको करिब २० मिटरको वाल २ दिनअघिको पहिरोसँगै झरिसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)