बाल्टीको पानीमा डुबेर १८ महिने बालकको मृत्यु
nepalnews.com · Sat Aug 08 14:23:01 GMT 2026

कैलाली। कैलालीमा बाल्टीमा डुबेर एक बालकको मृत्यु भएको छ। कैलालीको घोडाघोडी नगरपालिका ४‚ जनकपुरमा बाल्टीमा राखिएको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार मृत्यु हुनेमा स्थानीय दीपक सुवेदीका १८ महिनाका छोरा रामु छन्। गाईवस्तुलाई खुवाउन राखिएको बाल्टीको पानीमा बालक डुबेको अवस्थामा उनकी आमा देवकी सापकोटा सुवेदीले फेला पारेकी थिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)