वर्षाले कास्कीका पर्यटकीय सडक अवरुद्ध, घान्द्रुक र सिक्लेस आउजाउमा सास्ती
hamrakura.com · Sat Aug 08 00:00:00 GMT 2026
काठमाडौँ । केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख पर्यटकीय गन्तव्यहरू घान्द्रुक र सिक्लेस जाने सडक मार्ग अवरुद्ध हुँदा स्थानीयवासी र पर्यटकहरू समस्यामा परेका छन्।
नयाँपुल–घान्द्रुक सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–१० को सिवौँ खोलामा साउन २१ गते राति आएको बाढीले सडकको आधार नै बगाएपछि घान्द्रुकसँगको सिधा यातायात सम्पर्क टुटेको छ। अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार भौगोलिक विकटताका कारण सडक तत्काल खुलाउन कठिनाइ भइरहेको छ र प्राविधिक अध्ययनको काम भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)