भोटेकोशी बाढी: सुदूरपश्चिमका १३३ जना सम्पर्कविहीन, कैलालीका मात्रै ४९ जना
nagariknews.nagariknetwork.com · Thu Aug 27 15:50:45 GMT 2026

तिब्बतबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लाका १३३ जना सम्पर्कविहीन भएका छन्। बिहीबार साँझसम्म आफन्त तथा नातागोताले प्रहरीलाई दिएको सूचनाका आधारमा उनीहरू सम्पर्कविहीन रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) सानुराम भट्टराईका अनुसार सुरुमा १३९ जना सम्पर्कविहीन रहेको विवरण प्राप्त भएकोमा ६ जना परिवार तथा आफन्तको सम्पर्कमा आएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)