व्यवस्थापनको कमान्ड गर्नुपर्ने गृहमन्त्री सुरुङ खोस्रिँदै, सशस्त्र स्रोत–साधनविहीन
onlinekhabar.com · Mon Aug 31 14:46:02 GMT 2026

१५ भदौ, काठमाडौं । कार्य विभाजन नियमावली, २०८३ मा गृहमन्त्रीले विपद् व्यवस्थापनसम्बन्धी गर्नुपर्ने मुख्य काम तथा जिम्मेवारीहरूबारे उल्लेख छ । जहाँ लेखिएको छ– विपद् पूर्वसूचना प्रणालीको विकास तथा सम्प्रेषण, विपद् व्यवस्थापनसम्बन्धी राष्ट्रिय नीति, कानुन मापदण्ड, कार्यान्वयन र नियमनको जिम्मेवारी गृहमन्त्रीको हुन्छ ।
नियमावलीमा विस्थापित व्यक्तिको राहत र पुनर्स्थापना, राष्ट्रिय विपद् कोष स्थापना र सञ्चालन तथा प्रादेशिक विपद् कोषमा सहयोग र समन्वय जस्ता विपद्सम्बन्धी जिम्मेवारी तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)