केयूमा वेल्डिङ तालिम केन्द्र शुरु हुँदै
thahakhabar.com
काभ्रे : काठमाडौं विश्वविद्यालय (केयू) मा आइएसओ सम्बन्धनप्राप्त वेल्डिङ तालिम तथा परीक्षा केन्द्र सुरु गरेका छन् । काभ्रेको जिल्लाको धुलिखेलस्थित रहेका केयूको टेक्निकल ट्रेनिङ सेन्टर (टिटिसी) र दक्षिण कोरियाका क्वाङ एम स्किल डेभलपमेन्ट सेन्टर प्रालि (केएएसडिसी)ले केन्द्र सञ्चालनमा ल्याएका हुन्।
टिटिसीका निर्देशक दिवाकर विष्टले नेपालमा अन्तरराष्ट्रिय स्तरको वेल्डिङको दक्ष जनशक्ति उत्पादनसँगै देशमा बेरोजगार समस्या केही हदसम्म भए पनि घट्ने बताए। केएएमडिसी नेपालका अध्यक्ष पूर्णलाल श्रेष्ठले विश्वमा दक्ष वेल्डिङ कामदारको माग बढिरहेको वेला तालिम तथा परीक्षा केन्द्रको स्थापना हुँदा खुशी लागेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)