बाढी प्नभावित क्षेत्रमा एनसेलले १४ वटा मोबाइट टावर पुनः सञ्चालनमा ल्यायो
nepallive.com · Thu Aug 27 15:53:00 GMT 2026

काठमाडौ- बाढी तथा पहिरोका कारण प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा एनसेलले आज १४ वटा मोबाइट टावर पुनः सञ्चालनमा ल्याएको छ । प्रभावित तीन जिल्लाका कुल २७ साइटमध्ये रसुवाका ३, नुवाकोटका ८ र धादिङका ३ गरी १४ साइट पुनः सञ्चालनमा ल्याइएको एनसेलले जनाएको छ ।
विपद्का कारण करिब ७०–८० किलोमिटर क्षेत्रमा फाइबर लिंकमा समस्या आएपछि एनसेलका २७ वटा मोबाइल टावरहरु प्रभावित भएर सेवामा असर परेको थियो। ग्राहकलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराउँदै उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोग पु¥याउने उद्देश्यले एनसेलको प्राविधिक टोलीको अथक प्रयासबाट आज १४ टावरहरु पुनःसञ्चालनमा आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)