व्यवसायीले केवल पैसा कमाउने मात्र नभई विपद्को बेला सामाजिक जिम्मेवारी पनि बुझौंः महासंघ
clickmandu.com · Thu Aug 27 14:17:00 GMT 2026

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्याएको क्षतिप्रति नेपाल जग्गा तथा आवास विकास महासंघले गहिरो दुःख व्यक्त गरेको छ । महासंघले शुक्रबार एक विज्ञप्ति निकाल्दै बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली दिँदै पीडितको घाउमा मलम लगाउन आफूहरू तयार रहेको बताएको छ ।
गएको भदौ १० गते रसुवाको स्याफ्रुबेसी, टिमुरे, रसुवागढी लगायत नुवाकोट र धादिङका विभिन्न ठाउँमा आएको बाढीले ठूलो मानवीय र भौतिक क्षति पुर्याएपछि महासंघले यस्तो बताएको हो । महासंघले बाढीमा परी घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न तथा बेपत्ता भएकाहरूको खोजी कार्यलाई तीव्र बनाउन सरकारसँग माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)