कांग्रेस विवाद किन बल्झाउन खोज्दै छ अदालत ?
barnanmedia.com · Sat Aug 08 15:11:51 GMT 2026

नेपाली कांग्रेसको आन्तरिक विवाद फेरि सर्वोच्च अदालतको ढोकामा पुगेको छ। विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वमा आएको कार्यसमितिको वैधतामाथि सर्वोच्च अदालतले पुनः परीक्षणको बाटो खोलेको छ। बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहितको पूर्ण इजलासले यसअघि सर्वोच्चकै संयुक्त इजलासबाट भएको फैसला पुनरवलोकनका लागि निस्सा दिएको छ।
पूर्वसभापति शेरबहादुर देउवा र पूर्वउपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय तथा त्यसलाई सदर गर्ने सर्वोच्चको फैसला त्रुटिपूर्ण भएको दाबी गर्दै पुनरवलोकनको माग गरेका थिए। पूर्ण इजलासले पुनरवलोकनका लागि निस्सा दिएपछि कांग्रेसको संस्थापन इतर पक्ष उत्साहित देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)