ढल्केवर ट्रमा सेन्टर जोगाउन मेयरदेखि सांसदसम्म सडकमा, स्वास्थ्यमन्त्रीको राजीनामा माग
annapurnapost.com · Sat Aug 08 15:24:07 GMT 2026

ढल्केवर(धनुषा) : धनुषाको ढल्केवरमा प्रस्तावित ट्रमा सेन्टर निर्माणको माग गर्दै जारी आन्दोलनमा शुक्रबार सांसदसमेत सडकमा उत्रिएका छन्। ट्रमा सेन्टर ढल्केवरबाट अन्यत्र सार्न खोजिएको भन्दै भइरहेको आन्दोलनमा शनिबार जनप्रतिनिधिहरूले सडकमा उत्रिएर ऐक्यबद्धता जनाएका हुन्।
गत मंगलबार प्रतिनिधिसभा बैठकमा स्वास्थ्यमन्त्री निशा मेहताले मधेश प्रदेशको लहानमा ट्रमा सेन्टर बन्ने बताएपछि ढल्केवरमै निर्माण गर्नुपर्ने मागसहित स्थानीयले आन्दोलन चर्काएका छन्। मिथिला नगरपालिकाका मेयर महेन्द्र महतोको नेतृत्वमा गठित ढल्केवर ट्रमा सेन्टर संरक्षण संघर्ष समितिले बिहीबार धनुषाका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै पहिलो चरणको आन्दोलन थालेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)