जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न, २३ बुँदे काठमाडौँ घोषणापत्र जारी
lokaantar.com

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ। महासङ्घका अध्यक्ष ओमबहादुर घर्तिमगरको नेतृत्वमा सम्पन्न सम्मेलनले २३ बुँदे ‘काठमाडौँ घोषणापत्र–२०८३’ जारी गर्दै आदिवासी जनजातिका अधिकार, पहिचान र समानुपातिक प्रतिनिधित्वसँग सम्बन्धित विभिन्न माग अघि सारेको छ।
घोषणापत्रमा संविधानको धारा ७ (२) बमोजिम बागमती र गण्डकी प्रदेशमा जस्तै अन्य प्रदेशमा पनि बहुसङ्ख्यकले बोल्ने राष्ट्रभाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने माग गरिएको छ। साथै, पहिचानका पाँच र सामर्थ्यका चार आधारमा प्रदेशको पुनःसंरचना तथा पुनःनामकरण गर्नुपर्नेमा जोड दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)