एनपीएल २०२६ को मिति तय, कात्तिक ९ देखि मंसिर ५ सम्म आयोजना हुने
nepalnews.com · Sat Aug 08 16:38:19 GMT 2026
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार एनपीएलको तेस्रो संस्करणको मिति सार्वजनिक गरेको हो ।
क्यानका अनुसार एनपीएल २०२६ आगामी कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । ग्रेगोरियन पात्रोअनुसार प्रतियोगिता अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म आयोजना हुने क्यान सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)