प्रधानमन्त्री राहत कोषमा डलरबाहेक करिब ६ अर्ब जम्मा, एकैदिन ६० करोड संकलन
annapurnapost.com · Mon Aug 31 14:56:01 GMT 2026

काठमाडौं : प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सोमबार साँझसम्म ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ। त्यस्तै हिमालयन र लक्ष्मी बैंकमा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर जम्मा भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सोमबार एकै दिन ६० करोड २ लाख रुपैयाँ सङ्कलन भएको थियो। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गर्दै विभिन्न ८३ वटा उद्योगी तथा व्यापारिक समूह र परोपकारी व्यक्तिहरूले उक्त रकम सरकारलाई उपलब्ध गराएका थिए। रसुवाका बाढीपीडितका लागि खर्च गर्ने उद्देश्यले सो रकम प्रदान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)