अफगानिस्तानमा पाकिस्तानी हवाई आक्रमण, भारतले के भन्याे ?
shilapatra.com · Tue Jun 30 01:45:00 GMT 2026

भारतले अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई आक्रमणको निन्दा गर्दै त्यसमा ज्यान गुमाएका सर्वसाधारणका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै अफगानिस्तानको भूमिमा पाकिस्तानले गरेको हवाई आक्रमणमा महिला र बालबालिकासहित धेरै निर्दोष नागरिकको मृत्यु भएको उल्लेख गरेको छ । मन्त्रालयले उक्त आक्रमणलाई अफगानिस्तानको सार्वभौमसत्तामाथिको प्रत्यक्ष आक्रमण भएको भन्दै यसले क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर चुनौती थपेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)