भोटेकोशी बाढी : गोरखामा थप ७ शव व्यवस्थापन
annapurnapost.com · Mon Aug 31 15:18:08 GMT 2026

गोरखा : गोरखामा थप ७ शव व्यवस्थापन गरिएको छ। गोरखामा फेला परेकाहरुमध्ये तत्काल पहिचान हुन नसक्ने थप ७ शव सोमबार व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
गोरखामा गत शनिबारदेखि शव व्यवस्थापन गर्न सुरु गरिएको हो। सग्लो शव पोखरा पठाउने र टुक्राटुक्री अंगहरु मात्र राख्ने गरिएकोमा ७ शवका विभिन्न अंगहरुलाई गोरखा नगरपालिका–१२ र सहिद लखन गाउँपालिका–१ को सीमानामा पर्ने लुदीखोला घाटमा व्यवस्थापन गरिएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)