पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै जर्मनी विश्वकपबाट बाहिरियो, नोयरले गरे सन्यासको घोषणा
barnanmedia.com · Tue Jun 30 01:58:38 GMT 2026
काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ (अन्तिम ३२) मा मंगलबार बिहान भएको रोमाञ्चक खेलमा चार पटकको विश्वविजेता जर्मनी पेनाल्टी सुटआउटमा पाराग्वेसँग ४–३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । फक्सबरोको बोस्टन स्टेडियममा भएको यस खेलले विश्व फुटबलमा ठूलो भूइँचालो निम्त्याएको छ, किनभने उपाधिका प्रबल दाबेदार मानिएको जर्मनी पहिलो नकआउट चरणमै घर फर्कन बाध्य भएको हो ।
निर्धारित ९० मिनेटको खेलमा जर्मनी र पाराग्वेबीच १–१ को बराबरी भएको थियो । ४२औँ मिनेटमा माथियस गालार्जाको उत्कृष्ट क्रसमा जुलियो एन्सिसोले हेडरमार्फत गोल गर्दै पाराग्वेले सुरुवाती अग्रता लिएको थियो । ५४औँ मिनेटमा काई हाभट्र्जले गोल गर्दै जर्मनीले बराबरी गोल फर्कायो । त्यसपछि निर्धारित ९० मिनेट सकिँदा पनि कुनै पनि टोलीले अग्रता लिन सकेन, जसकारण खेल ३० मिनेटको अतिरिक्त समय मा धकेलिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)