भेनेजुएलामा भूकम्पमा मृत्यु हुनेको संख्या १७१९ पुग्यो
barnanmedia.com · Tue Jun 30 02:00:09 GMT 2026

काठमाडौं । गत साता भेनेजुएलामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या एक हजार ७१९ पुगेको छ । राष्ट्रिय सभाका अध्यक्ष जर्ज रोड्रिगेजले सार्वजनिक गरेको विवरणअनुसार हजारौँ मानिस प्रभावित भएका छन् भने उद्धार तथा राहत कार्य अझै जारी छ ।
सरकारी विवरणअनुसार भूकम्पबाट कम्तीमा २२ हजार ६१९ जना प्रभावित भएका छन् । तीमध्ये पाँच हजार ३४ जना घाइते भएका छन् । साथै ८५५ वटा भवनमा क्षति पुगेको छ, जसमध्ये १८९ वटा भवन पूर्ण रूपमा भत्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)