अनुदानमा भैँसी वितरणले किसान उत्साहित
barnanmedia.com · Sat Aug 08 23:44:17 GMT 2026

भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको आयआर्जन सुदृढ गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा उन्नत भैँसी वितरण गरेपछि किसानको दैनिकी सहज बनेको छ । कृषि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउने लक्ष्यले कार्यक्रम सञ्चालन गरिएको हो ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ अन्तर्गत रु सात लाख ५० हजार बजेट विनियोजन गरी कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । कार्यक्रममार्फत १० किसान÷फार्मलाई लक्षित गरिए पनि प्रक्रियागत ढिलाइ र एउटा किसानले समयमै आवश्यक तयारी नगरेका कारण नौ किसान लाभान्वित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)