मेसीले लिए राष्ट्रिय टिमबाट संन्यास
annapurnapost.com · Mon Aug 31 15:44:40 GMT 2026
काठमाडौं : अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्।
मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको बताएका छन्। ‘मैले सधैं अर्जेन्टिनाको जर्सीका लागि आफ्नो सबै कुरा दिएको छु। पछिल्ला केही वर्षमा सबै कुरा जितेका बेला मात्र होइन, सुरुदेखि नै मैले टिमका लागि संघर्ष गरेको छु,’ मेसीले भनेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)