मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास: भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। वर्तमानमा देशभर साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशका केही तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशको हिमाली भू-भागका केही स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ भने पहाडी भू-भागका धेरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। साथै लुम्बिनी, सुदूरपश्चिम, मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भाग, कर्णाली प्रदेशको पहाडी भाग र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)