भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने
hamrakura.com · Sun Aug 09 00:00:00 GMT 2026
काठमाडौं । १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक र सन्देशमूलक कार्यक्रमसहित देशव्यापी रूपमा मनाइने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेलको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले देशव्यापी रूपमा उक्त दिवस मनाउने निर्णय गरेको हो।
यस वर्षको पुस्तकालय दिवसको आदर्श वाक्य ‘बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य’ तय गरिएको छ जसले उमेर, वर्ग र समुदायको सीमाभन्दा माथि उठेर सबैका लागि पुस्तकालयको पहुँच र उपयोगितालाई जोड्नेछ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)