कांग्रेसको वैधानिकता पुनः प्रमाणित हुन्छ : थापा
barnanmedia.com · Sun Aug 09 01:10:09 GMT 2026

कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विधानसम्मत र वैधानिक भएको प्रस्ट पार्नुभएको छ । कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कांग्रेसको विधानमा भएको व्यवस्था र पार्टीका सार्वभौम सदस्यको अधिकार प्रयोग गरेरै विशेष महाधिवेशन सम्पन्न गरिएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “विशेष महाधिवेशन आवश्यक मात्र थिएन, यो हाम्रो अधिकारको कुरा पनि थियो । यसको वैधानिकतालाई महाधिवेशनको हल, निर्वाचन आयोग र सम्मानित सर्वोच्च अदालतको डिभिजन बेन्चले समेत पुष्टि गरिसकेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)