पाेखराका अल्पविरामलाई ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’
nagariknews.nagariknetwork.com · Sun Aug 09 01:33:14 GMT 2026

लघुकथा समाज नेपालले लघुकथाकार अल्पविराम पोखरेलीलाई ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ अर्पिने भएकाे छ। समाजले बर्सेनि ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान’ अर्पिंदै आएकाे छ।
लघुकथा प्रतिष्ठान पोखराका संस्थापक अध्यक्षसमेत रहेका अल्पविरामको वास्तविक नाम भने विष्णुकुमार श्रेष्ठ हो र लामो समयदेखि उनी साहित्यिक क्षेत्रमा अल्पविरामकै नामबाट क्रियाशील छन्। उनको ‘अनुभूतिका रङहरू’ लघुकथासङ्ग्रह प्रकाशित छ भने कविता, गीत र मुक्तक विधाका पनि कृति प्रकाशित छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)