उपत्यकामा धान रोप्ने ठाउँको अभाव
nepalnews.com · Tue Jun 30 02:30:23 GMT 2026

काठमाडौँ । बढ्दो सहरीकरणसँगै काठमाडौँ उपत्यकामा धान रोप्ने ठाउँका अभाव भइरहेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् । टोखा नगरपालिकाले आज वडा नम्बर २ को लबुमा आयोजना गरेको २३औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा स्थानीय किसानले बढ्दो सहरीकरणले गर्दा खेतीयोग्य जमिन घट्दै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
टोखाका स्थानीय कृषक केदार बिडारी जनघनत्व बढ्दै जाँदा टोखा मात्र नभई काठमाडौँ उपत्यकाकै खेतीयोग्य जमिन मासिँदै गएको बताउँछन्। “काठमाडौँ उपत्यका कृषिका लागि उर्भर भूमि हो, बढ्दो सहरीकरणका कारण यहाँका खेतीयोग्य जमिन मासिँदै गएका छन्”, उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)