प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेट गर्दै
nepalnews.com · Sun Aug 09 02:13:47 GMT 2026

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारत र चीनका राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहले सोमबार दुवै छिमेकी मुलुकका राजदूतसँग भेट गर्ने कार्यक्रम तय भएको हो।
प्रधानमन्त्री शाहले सोमबार बिहान ११ बजे भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्नेछन् भने अपराह्न ३ बजे चिनियाँ राजदूत चाङ माओमिङसँग छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)