रुसको क्षेप्यास्त्र आक्रमणमा बालबालिकासहित तीन जनाको मृत्यु
nepalviews.com · Sun Aug 09 02:28:20 GMT 2026

एजेन्सी । युक्रेनी राजधानी किभ नजिकै गरिएको रात्रिकालीन रुसी क्षेप्यास्त्र आक्रमणमा परी एक बालबालिकासहित कम्तीमा तीन जनाको मृत्यु भएको छ। क्षेत्रीय सैन्य प्रशासन प्रमुखका अनुसार किभको पूर्वमा भएको ब्यालिस्टिक मिसाइल आक्रमणमा अन्य तीन जना घाइते भएका छन्।
युक्रेनसँग आफ्नो आकाश जोगाउन प्रयोग हुने पश्चिमी मुलुकका एन्टी-मिसाइल (इन्टरसेप्टर) क्षेप्यास्त्रहरूको अभाव हुँदै गएको मौका छोप्दै रुसले पछिल्लो समय आक्रमण तीव्र पारेको छ। यही कारण पछिल्ला केही दिनयता २१ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)