अटो प्रदर्शनी–२०२६ः गत वर्ष सहभागी आधा दर्जन बढी ब्रान्ड बाहिरिँदा कुन–कुन भित्रिए ?
clickmandu.com · Sun Aug 09 02:40:23 GMT 2026

काठमाडौं । अटो क्षेत्रको मुख्य पर्वको रूपमा लिइने नाइमा मोबिलिटी एक्स्पो–२०२६ र नाडा अटो शो–२०२६ सुरु हुन अब केही दिन मात्रै बाँकी छ । यही साउन २६ गतेदेखि ३१ गतेसम्म नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा नाइमा मोबिलिटी एक्स्पो हुँदैछ भने नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा भदौ ९ देखि १४ गतेसम्म नाडा अटो शो हुँदैछ ।
दुवै कम्पनीहरूले गत वर्षको भन्दा यस वर्षको अटो शो भव्य र आकर्षक हुने दाबी गरिरहेका छन् । नाडाले नेपालका अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि तथा सेवाहरू प्रदर्शन गर्ने उत्कृष्ट अवसर अटो शो रहेको बताउँदै यसमा हजारौं आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ताको सहभागिता रहने बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)