बिदेसिएका युवादेखि रित्तिँदै गरेका गाउँसम्मको कथा बोकेर आयो हेमन्त रानाको 'सुन कुरा'
ratopati.com · Sun Aug 09 03:01:17 GMT 2026

काठमाडौँ । रोजगारीको खोजीमा आफ्नो मातृभूमि छोड्न बाध्य लाखौँ नेपाली युवा र उनीहरूले पछाडि छाडेर जाने परिवारको कथा बोकेको गायक हेमन्त रानाको नयाँ गीत ‘सुन कुरा’ सार्वजनिक भएको छ।
रानाकै शब्द, सङ्गीत र स्वरमा रहेको गीत बिदेसिन बाध्य युवाप्रति समर्पित छ। गाउँहरू क्रमशः रित्तिँदै जाँदा वृद्ध आमाबुबा एक्लै जीवन बिताउन बाध्य भइरहेको अवस्था, बसाइसराइले निम्त्याएको भावनात्मक तथा सामाजिक असर र बढ्दो वातावरणीय सङ्कटलाई गीतले संवेदनशील ढङ्गले उठाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)