सानिमा बैंकको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, कति छ प्रतिकित्ता मूल्य ?
arthasansar.com · Sun Aug 09 03:02:52 GMT 2026

सानिमा बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनी सुधिर कुमार अग्रवालको नाममा रहेको ६० हजार कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। बैंकले उक्त सेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम १२५ रुपैयाँ तोकेको छ।
नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम संस्थापक सेयर किन्न पाउने पहिलो हक अन्य विद्यमान संस्थापक सेयरधनीहरूमा रहने भएकाले हाल उक्त सेयर बैंकका सेयरधनीले मात्रै खरीद गर्न सक्नेछन् । उक्त सेयर खरीद गर्न चाहने विद्यमान संस्थापक सेयरधनीहरूले आगमी ३५ दिनभित्र आवश्यक कागजात सहित नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)