देउवा समूहको लुम्बिनी भेला आज, पार्टी एकता मुख्य एजेन्डा
shilapatra.com · Tue Jun 30 02:26:00 GMT 2026

नेपाली कांग्रेस इतर समूहले आज (मंगलबार) लुम्बिनीमा प्रदेशस्तरीय भेला आयोजना गर्दै छ । निवर्तमान सभापति शेरबहादुर देउवा समूहले यसअघि तयारी अपुग भएको भन्दै स्थगित गरिएको उक्त भेला दाङको लमहीमा गर्न लागेको हो ।
विशेष महाधिवेशनपछि पार्टीबाहिर रहेका तथा निष्क्रिय बनेका नेता–कार्यकर्तालाई पुनः पार्टीको मूलधारमा जोड्ने, संगठनभित्र एकता सुदृढ गर्ने र समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्ने उद्देश्यले देउवा पक्षले सातै प्रदेशमा प्रदेशस्तरीय भेला सञ्चालन गर्ने निर्णय गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)