१५ किलो मल लिन ५ घण्टा लाइन
annapurnapost.com · Sun Aug 09 03:08:02 GMT 2026

भक्तपुर : चाँगुनारायण–२ दुबाकोटकी एक ७३ वर्र्षीया वृद्धा १५ किलो रासायनिक मलका लागि ५ घण्टा लाइन बस्नुपर्यो। ‘धान र मकैमा मल मल आवश्यक भएपछि लाइन त बस्नै पर्यो, ज्येष्ठ नागरिक भनेर कसैले माया गरेनन्,’ नाम बताउन अस्वीकार गरेकी उनले भनिन्।
भक्तपुर नगरपालिका–१ की ६० वर्षीया पार्वती बायजूको धान खेत थिएन। तर, लसुन र आलुका लागि उनले पनि लाइन बसेरै मल लिइन्। जिल्ला सहकारी संघले सल्लाघारीमा मल बाढ्दा मल लिन किसानहरू तँछाडमछाड गरिरहेका देखिन्थे। मल पाउनु उनीहरूका लागि कुनै युद्ध जित्नुभन्दा कम थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)