कपिलवस्तुका पूर्वनगरप्रमुख सिंह अझै सम्पर्कविहीन, खोजी कार्य जारी
barnanmedia.com · Sun Aug 09 03:32:01 GMT 2026

शुक्रबार साँझदेखि सम्पर्कविहीन कपिलवस्तु नगरपालिकाका पूर्वनगरप्रमुख किरण सिंह अझै फेला पर्न सकेका छैनन्। प्रहरीले सुरक्षा निकाय र स्थानीयको सहयोगमा निरन्तर खोजी गरिरहेको भए पनि उनको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन सकेको छैन।
सिंह सम्पर्कविहीन भएको बुद्धभूमि नगरपालिका–स्थित ढेकरी जंगल क्षेत्रमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ‘के–नाइन’ शाखाबाट तालिमप्राप्त कुकुर तथा ड्रोनको प्रयोग गरी खोजी गरिएको थियो। तर, त्यसबाट पनि कुनै ठोस जानकारी प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)