शिवपुर सबस्टेसनमा जम्पर चुडिँदा निम्तियो समस्या, रातभर लगाएर विद्युत् आपूर्ति पुनःस्थापित
clickmandu.com · Sun Aug 09 03:42:12 GMT 2026

काठमाडौं । गए राति रूपन्देहीको शिवपुर सबस्टेसनमा आएको प्राविधिक खराबीका कारण एकीकृत नेपाल विद्युत् प्रणालीमा आंशिक अवरोध भएको छ । सबस्टेसनको स्विचयार्डमा जम्पर कन्डक्टर चुडिँदा देशको पश्चिम र मध्य क्षेत्रको विद्युत् आपूर्ति केही समय प्रभावित हुन पुगेको थियो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार राति करिब १० बजे मोतिपुर–शिवपुर १३२ केभी प्रसारण लाइनको सर्किट–२ मा रहेको पीटी र आइसोलेटर बीचको जम्पर कन्डक्टर चुडिएको थियो । यसबाट ‘ओपन कन्डक्टर फल्ट’ उत्पन्न भई सर्किट–२ पूर्ण रूपमा बन्द हुन पुग्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)