लागुऔषध र प्रतिबन्धित औषधिसहित दुई जना पक्राउ
ratopati.com · Sun Aug 09 04:09:03 GMT 2026

सिराहा । सिराहाको गोलबजार क्षेत्रबाट प्रहरीले दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित औषधि र लागुऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार शनिबार बेलुका उनीहरूलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सिराहा र इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले गोलबजार नगरपालिका वडा नं. ७, दुर्गा मन्दिर नजिकबाट १८ वर्षीय शिव प्रसाद राय कुर्मीलाई पक्राउ गरेको छ। सिराहाकै मिर्चैया नगरपालिका वडा नं. ८ निवासी कुर्मीलाई शंका लागि चेकजाँच गर्दा उनले बोकेको सेतो बोरा भित्र लुकाइराखेको 'ONEREX-100 ML' लेखिएको १३ बोतल प्रतिबन्धित औषधि र एक थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)