सप्तरीमा खडक नगरपालिका बाहेक सबै पालिकाले बजेट ल्याए
gorkhapatraonline.com · Fri Jun 26 02:36:43 GMT 2026

सप्तरीका १८ स्थानीय तह मध्ये १७ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि असार १० गतेभित्र बजेट ल्याएका छन्। जिल्लाको खडक नगरपालिकाले भने अहिलेसम्म बजेट ल्याउन सकेको छैन।
जिल्लाका राजविराज, सप्तकोसी, डाक्नेश्वरी, शम्भुनाथ, कञ्चनरूप, हनुमाननगर कंकालिनी, बोदेबरसाइन, सुरुंगा नगरपालिका तथा तिरहुत, अग्नीसाइर कृष्णासवरण, रूपनी, तिलाठी कोइलाडी, राजगढ, महदेवा, बलान बिहुल र विष्णुपुर गाउँपालिकाले तोकिएको समयमै बजेट तथा नीति–कार्यक्रम प्रस्तुत गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)