सरकार सही बाटोबाट विचलित भए रास्वपाले राजनीतिक दबाब सिर्जना गर्छ : सभापति लामिछाने
nagariknews.nagariknetwork.com · Sun Aug 09 05:13:04 GMT 2026

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कानुनको दायराभित्र रहेर व्यापार–व्यवसाय गर्ने निजी क्षेत्रलाई अपराधीको रूपमा हेर्न नहुने बताएका छन्।
तर विगतका सरकार तथा राजनीतिक नेतृत्वसँगको पहुँचका आधारमा सरकारी सम्पत्ति सस्तोमा लिजमा लिने, खरिद गर्ने वा राज्यलाई घाटा हुने गरी सुविधा लिने कार्य भएको भए त्यसको अनुसन्धान हुनुपर्ने बताए। नेपाली युवा उद्यमी मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै लामिछानेले राज्यको सम्पत्ति गैरकानुनी रूपमा लिएको वा सरकारलाई प्रभावित पारेर सस्तोमा सरकारी सम्पत्ति प्रयोग गरेको भए त्यसमा छुट दिन नहुने उनको भनाइ थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)