नेपाल–चीन व्यापार ठप्प, तीन सातादेखि तातोपानी नाका अवरुद्ध
arthasansar.com · Sun Aug 09 05:21:46 GMT 2026

नेपाल–चीन व्यापारको प्रमुख स्थलमार्ग तातोपानी नाका तीन साताभन्दा लामो समयदेखि अवरुद्ध हुँदा दुई देशबीचको वैदेशिक व्यापार प्रभावित भएको छ । विभिन्न स्थानमा गएको पहिरोका कारण नाकातर्फको सडक अवरुद्ध भएपछि चीनबाट मालसामान बोकेका कन्टेनर नेपाल भित्रिन सकेका छैनन् ।
नाका अवरुद्ध हुँदा तातोपानी हुँदै हुने नेपाल–चीन व्यापारसमेत ठप्प भएको तातोपानी भन्सार कार्यालयले जनाएको छ । तातोपानी भन्सार कार्यालयका अनुसार सडक अवरुद्ध भएकै कारण चीनतर्फबाट मालवाहक कन्टेनर आउन सकेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)